
माघ १९ काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यससंगै नेकपाको संगठन विभाग प्रमुख समेत रहेका गौतम औपचारिक रुपमै पार्टीको उपाध्यक्ष भएका छन्।
यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन।
साथै केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको छ । केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका प्रश्नमा केन्द्रीत रहेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि सर्वसम्मत रूपमा राजनीतिक प्रतिवेदन पास भएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend