
माघ १९ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सकिएको छ। माघ १५ बाट ५ दिनसम्म राजधानीमा चलेको बैठक आज सकिएको हो।
बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ। बैठकले वामदेवलाई उपाध्यक्ष बनाउने गरी पेश गरिएको विधान संशोधनको प्रस्ताव पनि पारित गरेको छ।
बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०७७ को चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ ।
एमसीसीका सम्बन्धमा देखिएका विवाद समाधान गर्न ३ सदस्यीय कार्यदल पनि गठन भएको छ। कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक र स्थायी कमिटी सदस्यहरू भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य छन् ।
बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामको समिक्षा गर्ने, र पार्टी कार्यालय बल्खुमा स्थापना गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यालय भवन निर्माण गर्नका लागि पार्टीले सम्पूर्ण सदस्य र शुभेच्छुकको न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको रकम सहयोग गर्न अपिल गर्ने निर्णय गरेको छ ।
पार्टी पोलिटब्यूरो छिट्टै गठन गर्ने र महाधिवेशनसम्ममा पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend