logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ऋणीको घर कब्जा र जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    ऋणीको घर कब्जा र जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    4.3K
    Shares
    ऋणीको घर कब्जा र जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । ऋण लिएको ५ लाख तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरी पटक–पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    ललितपुरको थेचोबाट सूर्जमान मालीलाई जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।

    यस घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई नियन्त्रणमा लिएको हो।

    उनलाई अदालत उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद लिने तयारी प्रहरीले गरेको छ। मालीबाट पटक–पटक दुर्व्यवहार र यातना भोग्नुपरेपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend