काठमाडौं । संयुक्त राष्ट्रसंघको आब्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा तैनाथ श्री शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको विहीवार निधन भएको छ ।
जाजरकोट जिल्ला, खलङ्गा गाउँपालिका, वडा नं ६ का अमल्दार राम बहादुर बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण हे.क्वा.मा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ ।
उनको पार्थिव शरिर पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टम पश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भईरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।