सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

प्राणघातक कोरोनाभाइरस नियन्त्रणमा सहयोग गर्नुको सट्टा अमेरिकाले त्रास मात्र फैलाइरहेको छ: चीन

प्राणघातक कोरोनाभाइरस नियन्त्रणमा सहयोग गर्नुको सट्टा अमेरिकाले त्रास मात्र फैलाइरहेको छ: चीन

माघ २० काठमाडौं चीनमा ३६२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। हिजो आइतबार मात्रै ५७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

त्यस्तै २,८२९ जना नयाँ सङ्क्रमित बिरामी थपिएका छन्। यससँगै चीनमा सङ्क्रमित हुनेको संख्या १७,२०५ पुगेको छ। आइतबार मात्रै चीनबाहिर फिलिपिन्समा भाइरसका कारण एक पुरुषको ज्यान गएको थियो।

यसैबीच अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ। चीनले सोमबार अमेरिकाले कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । ‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन्।

चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । कोरोना भाइरसको कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन् । वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend