सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

चलचित्र प्रेमगीत ३ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक, एक दिनमै युट्युवको १४ नम्वर ट्रेण्डिङ्गमा

चलचित्र प्रेमगीत ३ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक, एक दिनमै युट्युवको १४ नम्वर ट्रेण्डिङ्गमा

माघ २२ काठमाडौं चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री क्रिष्टिना गुरुङले अभिनय रहेको उक्त गीत मंगलवार सार्वजनिक गरिएको हो।

हिमाली जिल्ला मनाङमा छायाङ्कन गरिएको गीतमा कल्याण सिंहको संगीत रहेको छ भने मेलिना राई र सागर आलेको स्वर रहेको छ । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको गीत छोटो समयमा नै युट्युवको १४ नम्वर ट्रेण्डिङ्ग मा पर्न सफल भएको छ।

चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend