
माघ २२ काठमाडौं – कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको पहिलो खेलमा नेपाललाई सुरुवातमै झट्का लागेको छ। कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका छन् भने पारस खड्का तीन रन जोडेर आउट भएका छन्।
१२ बल खेलेका ज्ञानेन्द्र मात्र एक रन जोडे भने १४ बल खेलेका पारसले ३ रन जोडे। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट कप्तान ज्ञानेन्द्र र उपकप्तान पारस ओपनिङमा उत्रेका हुन्। खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर व्याटिंगको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको हो।
लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend