मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अहिले २० लाख पनि धौ–धौ भइरहेको छ, ५ वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

अहिले २० लाख पनि धौ–धौ भइरहेको छ, ५ वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

माघ २२ काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले पाँच वर्षपछि नेपालमा वार्षिक एक करोड पर्यटक आउने वाताबरण बन्ने बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बबरमहलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले बार्षिक एक करोड पर्यटक ल्याउने गरि सरकारले काम गरेको दावी गरे।

निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसहित पोखरा र निजगढमा समेत अन्तराष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सञ्चालनमा आउने उल्लेख गर्दै मन्त्री भट्टराईले पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरेका हुन्। “अहिले २० लाख पर्यटक ल्याउन धौ–धौ भइरहेको छ। सबै विमानस्थल सञ्चालनमा आएसँगै पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउने वातावरण बन्छ”, मन्त्री भट्टराईले भने।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि जग्गा अधिग्रहणमा ५ अर्ब र पूर्वधार निर्माणमा २ खर्ब ५० अर्ब खर्च गर्ने योजना रहेको र आन्तरिक विमानस्थल स्तरोन्‍नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना सरकारले बनाइरहेको पनि बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend