शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कर्मचारीलाई मन्त्री बास्कोटाको चेतावनी: राजनीति गर्ने भए पार्टी कार्यालय जाउ यहाँ काम गर्ने हो

कर्मचारीलाई मन्त्री बास्कोटाको चेतावनी: राजनीति गर्ने भए पार्टी कार्यालय जाउ यहाँ काम गर्ने हो

सुनौलो नेपाल/ काठमाडौँ – सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजनीति गर्ने भए पार्टी कार्यालय जान टेलिकमका कर्मचारीलाई सुझाव दिनुभएको छ ।

टेलिकमले १६ औ वार्षिकोत्सव मनाईरहँदा केहि आधिकारिक ट्रेड यूनियनका असन्तुष्ट कर्मचारीहरुले विरोध प्रदर्शन गरेको प्रति लक्षित गर्दै मन्त्री बास्कोटाले भन्नुभयो राजनीति गर्न पार्टी कार्यालय जाने हो। यहाँ आउने भनेको काम गर्न हो बिग्रेका टावर बनाउन जनतालाई सेवा दिन हो।

नेपाल टेलिकमलाई सरकारले कान्छा छोरा छोरीलाई जस्तो व्यवहार गरेको छ यो बेला पनि प्रगति नभए कहिले हुन्छ मन्त्री बास्कोटाको प्रश्न छ।

टेलिकमकै बार्षिक उत्वसका दिन केहि कर्मचारीहरु आफुले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै पम्पलेट सहित प्रदर्शन गरेका थिए ।

हेर्नुहोस सो कार्यक्रममा सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले गर्नुभएको सम्बोधन

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend