मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ललिता निवास प्रकरण: दोषीलाई छोड्ने निर्दोषलाई फसाउने काम नहोस: भट्टराई

ललिता निवास प्रकरण: दोषीलाई छोड्ने निर्दोषलाई फसाउने काम नहोस: भट्टराई

माघ २३ काठमाडौं – बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकरणमा दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेल पनि जोडिए। तर उनीहरुलाई अख्तियारले मुद्दा दायर गरेन।

मन्त्रिपरिषद्बाट २०६७ सालमा भएको निर्णयमा अख्तियार प्रवेश नगरेकाले नेपाल, मन्त्रिपरिषद्बाट २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश नगरेकाले  भट्टराई र नवीन पौडेल (विष्णु पौडेलका छोरा) जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको हो।

यसै बिषयलाई लिएर पुर्वप्रधानमन्त्री भट्टराईले दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने काम हुन नहुने बताएका छन्। बिहिबार ट्वीट गर्दै भट्टराइले सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने आफुँ पनि निलकण्ठ बन्न तयार रहेको बताए।

उनले लेखेका छन्, “मैले पनि असहजता महसूस गरेको छु!सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend