
समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफुलाई असहज भएको र आबश्यक पर्यो भने सुर-असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार रहेको प्रतिक्रिया दिएका छन साथै उनले दोषीलाई छोड्ने तर निर्दोषलाई फसाउन नहुने पनि बताएका छन्।बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत उनले आफ्नो प्रतिक्रिया दिएका हुन्
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापतिसहितलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेको छ । गच्छदार र श्रेष्ठलाई समान ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो तोकेको छ । त्यस्तै, पूर्वमन्त्री जोशीसँग ७ करोड ८ लाख ४८ हजार विगो माग गरिएको छ ।
पूर्वसचिवहरूमध्ये अख्तियारको प्रमुख आयुक्त भइसकेका दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दुबैसँग जनही ९ करोड ६५ लाख ७६ हजार विगो मागिएको छ । सचिव हुँदा भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यात अवकाशपछि अदुअआका पूर्व प्रमुख आयुक्त र पन्त मन्त्री बनेका थिए ।अर्का पूर्वसचिव एवं गीतकार दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार बिगो तोकिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend