मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित

माघ २३ काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सचेतक पुष्पा भुसालले राजनीतिक पूर्वाग्रह राखेर पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध मुद्दा चलाएको र यसैको विरोधमा बैठकमा अवरोध भएको हो।

भुसालले अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ बनेको भन्दै विरोध जनाइन्। कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि बैठक स्थगित भयो। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ।

यता बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा विजय गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले यसको विरोध गरेको छ। पार्टीका शिर्ष नेताहरु छलफलमा जुटेका छन्। बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका शिर्ष नेता र पार्टीनिकट कानुन व्यवसायीबीच छलफल भएको छ।

छलफलपछि काँग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको निस्कर्ष निकालेको छ। सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति बिजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।

कांग्रेसले प्रकरणमा राजनीतिक तथा कानूनी दुवैतर्फबाट दबाव दिने निर्णय पनि गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend