शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अख्तियारको निर्णयविरुद्ध आफ्ना भातृ संगठनलाई सडकमा उतार्ने काँग्रेसको तयारी

अख्तियारको निर्णयविरुद्ध आफ्ना भातृ संगठनलाई सडकमा उतार्ने काँग्रेसको तयारी

माघ २३ काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छेदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि काँग्रेसले विरोध जनाएको छ। अख्तियारको निर्णयविरुद्ध भोलिदेखि नै भातृ संगठनलाई सडकमा उतार्ने तयारी काँग्रेसले गर्ने भएको छ।

काँग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको निस्कर्ष निकालेको छ। सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति बिजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।

उता विरोधस्वरूप कांग्रेसले सदन अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सचेतक पुष्पा भुसालले राजनीतिक पूर्वाग्रह राखेर पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध मुद्दा चलाएको र यसैको विरोधमा बैठकमा अवरोध भएको हो।

बस्नेतले अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ बनेको भन्दै विरोध जनाइन्। कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि बैठक स्थगित भयो। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend