काठमाडौं । छात्रवृत्ति कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्नडेसन (मुनाफा वितरण नगर्ने संस्था) र एपःएनडब्लु (पूर्व मिस नेपाल) को सहकार्यमा क्युएफएक्स सिनेमा, सिभिल मलमा अंग्रेजी चलचित्र ‘बार्बी’ प्रिमियर गरिएको छ ।
डीएम फाउन्नडेसन र एफएनडब्लु (पूर्व मिस नेपाल) को सहकार्यमा कोभिड–१९ बाट आफ्ना आमाबाबु तथा अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउन्डेसनको कोष रकमअनुसार माध्यामिक तह–एसईईसम्मको शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखे अनुरुप छात्रवृत्तिको प्रदान गर्दै आइरहेको छ ।
हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको थियो ।
चलचित्र प्रिमियर डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीको प्रायोजन, साथ र सहयोगले गर्दा उक्त साँझ मनोरञ्जनात्मक एवं परोपकारी रहेको प्रिमियरमा उपस्थित दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा उपस्थित रहँदै अएमएस गुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्ड लगायत एफएनडब्लुलाई धन्यवाद दिदै डीएम फाउन्नडेसन र एफएनडब्लुको छात्रवृत्ति कार्यक्रम देशब्यापी गर्नको निम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपुर्ण भूमिका खेल्ने र बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताए ।
‘बालबालिका नै हाम्रो भविष्य हो’ भनि सम्पूर्णलाई साथ सहयोग तथा सहकार्य गर्न उनले अनुरोध समेत गरेका छन् ।