
माघ २३ काठमाडौं – राष्ट्रिय सभा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै व्यापक फैलिएर बसेको आपराधिक कार्यको भण्डाफोर गरेकोमा सरकारलाई धन्यवाद दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै बिडारीले भने ‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ, ‘‘यो सरकारले गजब गर्यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ?
ओली सरकारले भित्रभित्रै व्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आएको भन्दै उनले यसमा सबैजना खुसी हुनुपर्ने बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend