
माघ २४ काठमाडौं बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध चलाएको छ। अख्तियारको उक्त कदमप्रति असन्तुस्टी जनाउँदै साझा पार्टीले अख्तियारको कार्यालय अगाडी धर्ना गरेको छ।
धर्नाका क्रममा प्रहरीले साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य समिक्षा बास्कोटा, प्रकाश चन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मिया लगायत रहेको पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए।
बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको 'एक देश, दुई कानुन'को विरोध गर्न अख्तियारअगाडि पुगेका @Sajha_Party का केन्द्रीय सदस्य @SamichyaBaskota, @ChandraPari, @Narayan22552950, @SharadRPathak, @abdusmiya लगायत कयौँ अन्य नेताहरू गिरफ्तार भएका छन्।
— Rabindra Mishra (@RabindraMishra) February 7, 2020
जग्गा प्रकरणमा सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको ‘एक देश, दुई कानुन’को विरोध गर्न साझा पार्टीले अख्तियार कार्यालय अगाडी धर्ना कार्यक्रम गरेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend