सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

देउवाको निर्देशन: संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस्

देउवाको निर्देशन: संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस्

माघ २४ काठमाडौं पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि नेपाली कांग्रेस विरोधमा उत्रिएको छ। विरोधस्वरूप कांग्रेसले आज बस्न लागेको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा लगाउने अख्यितारको प्रतिशोधपूर्ण कदम भएको भन्दै पार्टी सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवाले यसका विरद्ध कांग्रेसले कडा ढंगले प्रतिवाद गर्ने बताएका छन। आजको संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस् ’ देउवाले बैठकमा निर्देशन दिए ।

कांग्रेसले अख्तियारको यो कदमलाई राजनीतिक प्रतिशोध भन्दै बिहीबार पनि सदन चल्न दिएको थिएन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend