बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

काँगेसको विरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित

काँगेसको विरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित

माघ २४ काठमाडौं पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि नेपाली कांग्रेस विरोधमा उत्रिएको छ। विरोधस्वरूप कांग्रेसले आजको संसद बैठक पनि अवरुद्ध गरेको छ।

राजनीतिक पूर्वाग्रह राखेर पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध मुद्दा चलाएको आरोप लगाउंदै कांग्रेसले यसैको विरोधमा बैठकमा अवरोध गरेको हो। कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भयो।

यता बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा विजय गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले यसको विरोध गरेको छ। काँग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको निस्कर्ष निकालेको छ। सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति बिजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend