चितवन । जिल्लामा एक ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बालिकामाथि करणीको अभियोगमा इच्छाकामना गाउँपालिका–३ का ४५ वर्षीय मेघबहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक बनमा ललाई फकाई लगेर बलात्कार गरेको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।