
माघ २४ काठमाडौं बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले ३ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात ब्यापारी मीनबहादुर गुरुङ लगायत विरुद्ध मुद्दा दायर गरेको छ ।
तर यस प्रकरणमा मुछिएका पुर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई संगै नेकपा महासचिव विष्णु पौडेल भने जोगिएका छन्। अख्तियारको यो कदमले कसैलाई काखा कसैलाई पाखा गरेको भन्दै विरोधहरु पनि भैरहेका छन्।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री भएका नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीलाई अख्तियारले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफूविरुद्ध मुद्दा दायर भएपछी जोशीले आफ्नो ६२ वर्षदेखिको राजनीतिक जीवनमा कहिले पनि नसोचेको कुरामा मुद्दा दायर भएकोमा आश्चर्य लागेको बताएका छन्।
सुनौलो नेपालसंग कुरा गर्दै जोशीले बालुवाटार जग्गा प्रकरणको बारेमा आफ्नो कुनै संलग्नता नरहेको बताए। उनले जीवनमा त्यत्रो पैसा कहिल्यै नदेखेको भन्दै भ्रष्टाचार गर्ने कुरा कल्पना भन्दा पनि बाहिरको कुरा भएको बताए।
उनले अब मुद्दा दायर भैसकेपछि अदालतले जे फैसला गर्छ त्यसलाई मान्नुपर्ने भन्दै ८२ बर्षे उमेरमा आइपुग्दा अहिलेसम्म कल्पना पनि नगरेको कुरामा जेल जानुपर्छ भने आफु तयार रहेको बताए।
प्रस्तुत छ जोशीसंग सुनौलो नेपालका लागि सन्तोष निरौलाले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend