
माघ २४ काठमाडौं नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फसाएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
संघले प्रधानमन्त्रीलाई उन्मुक्ति दिनु तर त्यही मन्त्रिपरिषद्का सदस्यमाथि मात्रै मुद्दा दर्ता गर्नु न्याय संगत नभएको भन्दै उनले अन्यायविरुद्ध प्रदर्शनमा उत्रिएको बताएको छ।
‘संवैधानिक निकायमा सरकारी हस्तक्षेप बन्द गर’, ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, लगायतका प्लेकार्ड सहित प्रदर्शन भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend