सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

माघ २६ काठमाडौं प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। राजनीतिक पूर्वाग्रह राखेर पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै कांगेसले सदन अवरुद्ध गर्दै आएको छ।

अर्को बैठक यहि माघ २८ गते बस्ने छ।

यता बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा विजय गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले यसको विरोध गरेको छ। पार्टीका शिर्ष नेताहरु छलफलमा जुटेका छन्।

छलफलपछि काँग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको निस्कर्ष निकालेको छ। सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति बिजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend