मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आइसिसी विश्वकप लिग-२: नेपाल ओमानसंग फेरी पनि पराजित

आइसिसी विश्वकप लिग-२: नेपाल ओमानसंग फेरी पनि पराजित

माघ २६ काठमाडौं आइसिसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो खेलमा फेरी पनि नेपाल ओमानसंग ८ विकेटले पराजित भएको छ। २५० रनको लक्ष्य पाएको ओमानले उक्त लक्ष्य ४७.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो।

ओमानको जितमाअकिब इलयासले पहिलो एकदिवसीय शतक बनाए। उनले १०८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनाए। ओमानका कप्तान जीशान मकसूदले ६८ रन बनाएर नटआउट रहे।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २४९ रन बनाएको थियो।

नेपालका लागि सुवास खकुरेलले ४२ बलमा २२, ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रन, पारस खड्काले ३४ बलमा ३८, कुशल मल्लले २४ बलमा २८, आरिफ शेखले ४५ बलमा २८ रन, विदोद भण्डारीले ४७ बलमा ३५, करण केसीले १६ बलमा १० रन, सन्दीप लामिछानेले ७ बलमा नट आउट १० र कमल सिंह ऐरीले ६ बलमा नट आउट रही ९ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ३ बल खेल्दै सुन्य रनमा आउट भए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend