सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारका क्रममा निधन

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारका क्रममा निधन

माघ २७ काठमाडौं- आफ्नै घरमा गम्भीर घाइते अवस्थामा फेला परेकी नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुरको सानेपास्थित आफ्नै घरमा उनि गम्भीर चोट लागेको र रगत ले लतपतिएको अवस्थामा भेटिएकी उनलाई उपचारका लागि सानेपा स्थित स्टार अस्पताल लगिएको थियो। उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो।

कार्कीको घरमा काम गर्ने विजय चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन । सोमबार बिहान साढे ११ बजे घटना भएको हो ।

कार्कीको हत्या प्रयास भएको आशंका प्रहरीले गरेको छ । कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या प्रयास गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend