बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुरा ?

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुरा ?

माघ २७ काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बालुवाटार श्रोतले जनाएको छ।

श्रोतका अनुसार भेटवार्तामा पार्टी एकताका बाँकी रहेका काम टुङ्ग्याउने, एमसीसी कार्यदल देखि लिएर समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
त्यस्तै छलफलमा माओवादी जनयुद्ध तथा जनआन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि कार्यक्रमको बिषयले पनि स्थान पाएको बताइएको छ।

तत्कालीन माओवादी र एमालेबीच एकीकरण भएर बनेको नेकपाले गएको वर्ष जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाएको थियो। त्यो बेला आयोजित कार्यक्रममा उपस्थित नभएका ओली अहिले भने सहबागी हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको प्रतिकुल स्वास्थ्यका कारणले केहि दिनयता ओली र प्रचण्डबीच छलफल हुन सकेको थिएन।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend