
माघ २७ काठमाडौं- कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। चीनको हुवे प्रान्तबाट सुरु भएको कोरोनाभाइरसका कारण ४२००० भन्दा धेरै संक्रमित भएका छन्। हिजो (सोमवार) मात्र हुवे प्रान्तमा १०३ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई चीनले कारबाही गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्। त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend