शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

दिल्लीमा आम आद्‍मी पार्टीले स्पस्ट बहुमत ल्याउने संकेत, भाजपाले पाएन सोचेजस्तो मत

दिल्लीमा आम आद्‍मी पार्टीले स्पस्ट बहुमत ल्याउने संकेत, भाजपाले पाएन सोचेजस्तो मत

माघ २७ काठमाडौं- दिल्ली विधानसभाको चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आद्‍मी पार्टीले स्पस्ट बहुमत ल्याउने देखिएको छ। ७० सिटका लागि भएको मतदानमा अहिलेसम्म आम आदमी पार्टीले ४५ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी भाजपाले १२ वटा स्थानमा अग्रता बनाएको छ।

उता भारतिय कांग्रेसले भने एउटा पनि सिटमा अग्रता बनाउन सकेको छैन।

मंगलबारदेखि सुरु भएको मतगणनामा आम आदमीले स्पष्ट बहुमत ल्याउने अवस्था देखिएको हो। ७० विधानसभा सिटका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो।

यसअघि २०१५ को विधानसभा चुनावमा आम आद्‍मी पार्टीले ६७ सिट र भाजपाले ३ सिटमा जित हासिल गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend