सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

निर्मला हत्या प्रकरण: कञ्चनपुरमा दिलिपसिंह विष्टका दाइ प्रहरी नियन्त्रणमा

निर्मला हत्या प्रकरण: कञ्चनपुरमा दिलिपसिंह विष्टका दाइ प्रहरी नियन्त्रणमा

माघ २७ काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका समय बितिसक्दा पनि हत्यारा पत्ता लागेको छैन। निर्मलाको न्यायका लागि विभिन्न अभियानहरु संचालन हुँदै आएका छन्।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका दिलिप सिंह बिष्टका दाइ खडक सिंह विष्टसहित आधा दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ गर्नेमा खडक सिंह विष्ट, सुरेन्द्र देउवालगायत रहेका छन्। प्रशासनमा आवतजावतको कामलाई प्रभावित पर्ने गरि हस्तक्षेप गरेपछि पक्राउ गरिएको कञ्चनपुरका एसपी मुकुन्द मरासैनीले सुनौलो नेपाललाई बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend