
सुनौलो नेपाल माघ २८ काठमाडौं- केहि समय अघि संसारकै पहिलो र फरक किसिमको भनिएको रियालिटी शो ‘द लिडर’ले नयाँ थप दुई जना निर्णायक पाएको छ।
पत्रकार रबि लामिछानेले संचालन गर्ने सो कार्यक्रमको लागी थप दुई निर्णायकमा संसद तथा नेपाली काँग्रेसका नेता प्रदिप गिरी र लेखक तथा पुर्बमन्त्री प्रदिप नेपाल चयन भएका छन् ।
उक्त शो हाक्ने ५ जना निर्णायकहरु मध्य ३ जना निर्णायकहरु पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधिस शुशिला कार्कीको नाम भने दुई महिना अगाडी नै सार्वजनिक गरीएको थियो।
दुई जना निर्णायकहरु भने पब्लिक च्यवाइसका आधारमा ल्याउने भनिएको थियो। तीन जना निर्णायक पाएको ‘द लिडर’ले झन्डै दुई महिनापछि आज उक्त टिमले पूर्णता पाउदै छ।प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यस अघि आयोजक निकट बिश्वस्त स्रोतको जानकारी अनुसार लेखिएको समाचारमा रमेश खरेल र मोहना अन्सारी निर्णायक बन्ने भनिएको भनि आएको समाचार प्रति सुनौलो नेपाल माफी चाहन्छ -(सम्पादक)
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend