मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

कोरोना भाइरसकै लक्षण देखिने गरी सिन्धुपाल्चोकमा १०० भन्दा बढी बिरामी

कोरोना भाइरसकै लक्षण देखिने गरी सिन्धुपाल्चोकमा १०० भन्दा बढी बिरामी

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन्। त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए। उनले भने, ‘२३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएको थियो। उक्त संख्या मंगलबार बढेर सय नाघ्यो। अवस्था पनि गम्भीर बन्यो त्यसैले हामीले पत्र लेखेका हौं।’

एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए। ‘हामीसँग भएको जनशक्ति, औषधि पठाएका छौँ। यहाँ मेडिकल सानासाना छन्, मेडिकलबाट केही जनशक्ति पठाएका छौं,’ उनले थपे, ‘हामीले बिहानदेखि परीक्षणका लागि आग्रह गरेका हौं र थप बल पुगोस् भनेर पत्र पठाएका छौं। हाम्रो टोली उक्त ठाउँमा गएको छ। गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन। हेल्थपोस्टहरूबाट मास्क लगेर वितरण गरेका छौं।’ आजको कान्तिपुरमा खबर छ।

बिरामीको अवस्थाबारे श्रेष्ठले भने, ‘एम्बुलेन्स लिएर गएका थियौं। केहीको अवस्था त्यसमा बस्न सक्ने पनि छैन। (कोरोनाको संक्रमण) हो कि होइन भनेर पनि चाँडै चेक त गर्नुपर्‍यो।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend