सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सन्दिप र सुसन भारी नायक बन्दा अमेरिकामाथि नेपालको कीर्तिमानी जित

सन्दिप र सुसन भारी नायक बन्दा अमेरिकामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं- आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवारको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । यस अघि नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको गरेको थियो। यो एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै नेपालले भेट्टायो । सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो। लगातार विकेट गुमाएको अमेरिकाले १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भएको थियो। सन्दीप लामिछानेले एक्लैले ६ विकेट लिँदा सुशनले चार विकेट लिए। सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिएका थिए। सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रनमा ४ विकेट लिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend