मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

जुगल गाँउपालिका सिन्धुपाल्चोकमा फैलिएको प्रकोप कोरोना नभएको पुष्टि

जुगल गाँउपालिका सिन्धुपाल्चोकमा फैलिएको प्रकोप कोरोना नभएको पुष्टि

माघ २९ काठमाडौं, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका १६० जना भन्दा बढीमा देखिएको रोग कोरोना भाइरस नभएर मौसमी रुघाखोकी  भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईले बताएका छन ।

पछिल्लो समय कोरोना भाइरसको त्रास बढ्दै जाँदा सिन्धुपाल्चोकको जुगल गाउपलिकामा कोरोना भाइरसको जस्तै लक्षण देखापरेको भन्दै स्थानीय  निकायले चासो देखाएपछि बुधबार देखि जनस्वास्थ्य कार्यालयले उक्त स्थानमा टोलि खटाएर अध्यन गरिरहेको छ ।

गत हप्ता देखि बिरामी पर्न थालेको र पछिल्लो समय चाप बढ्दै गएपछि अहिले जिल्ला जनस्वास्थ कार्यालयमार्फत बाह्रबिसे प्राथमिक स्वस्थ कार्यलयका प्रमुख पिताम्बर खनालको नेतृत्वमा एक टोलि र जुगल गाउपलिकाका स्वस्थ प्रमुखको टोलि खटिएको छ भने प्रादेशिक स्वस्थ केन्द्रको टोलि सम्बन्धित ठाउँ तर्फ थप अध्यनको लागि जाँदै गरेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले सुनौलो नेपाललाई जानकारी दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend