
माघ २९ काठमाडौं प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी नेकपाका तनहुँ जिल्ला इञ्चार्ज पूर्णजित पुन पक्राउ परेका छन्।
पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
प्रहरीले विप्लव निकट विद्यार्थी संगठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रोल्पा स्थायी घर भएका पुन तनहुँको बन्दीपुर गाउँपालिका बस्दै आएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend