मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सर्वसाधारणलाई सिंहदरबार छिर्न सहज बनाउँ, पास लिनुपर्ने व्यवस्था हटाऔँ: नेकपा सांसद चौधरी

सर्वसाधारणलाई सिंहदरबार छिर्न सहज बनाउँ, पास लिनुपर्ने व्यवस्था हटाऔँ: नेकपा सांसद चौधरी

माघ २९ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न सहज बाताबरण बनाउनुपर्ने बताएकी छिन।
प्रतिनिधि सभा बैठकमा आफ्ना भनाइ राख्दै सांसद चौधरीले जनतालाई सिंहदरबार प्रवेश गर्न पास लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताइन।

यसरी सिंहदरबार प्रवेश गर्न पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न दिनु न्यायोचित हुने बताइन। दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने उनको भनाइ थियो।

जनस्तरका व्यक्तिहरु सिंहदरबार छिर्नु पर्दा भित्रबाट नै पास दिनुपर्ने व्यवस्था छ। सुरक्षाको हिसाबले आवश्यक छ। पास लिँदा नै धेरै समय जाने भएकाले निश्चित समयका लागि राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न दिनु उचित हुन्छ।’ बैठकमा चौधरीले भनिन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend