सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: पाँच हजार मान्छे मारेको हुँ भन्नेलाई किन पक्राउ नगरेको ?

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: पाँच हजार मान्छे मारेको हुँ भन्नेलाई किन पक्राउ नगरेको ?

माघ २९ सुनौलो नेपाल /काठमाडौं- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले पाँच हजार मान्छे मारेको हुँ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिड्नेलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन। बुधबार प्रतिनिधि सभाको बैठकमा गुरुङले यस्तो आलोचना गरेकी हुन्।

“लोकतन्त्रको प्रमुख विशेषता भनेको कानुनी राज्यको प्रत्याभूति हुनु हो, अन्यायमा परेका जनतालाई न्याय दिलाउनु हो”, उनले भनिन, ” तर पाँच हजार मान्छे मारेको छु भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिड्नेलाई कानुनी दायरामा ल्याउन नसक्ने यो सरकार पूर्ण रुपमा अपराधि र विभिन्न काण्डै काण्डमा मालिकहरुको संरक्षक हो भन्दा फरक पर्दैन। ”

उनले बर्तमान सरकार यदि त्यस्तो नभए त्यस्तालाई कारवाही गर्न किन नसकेको भन्दै प्रश्न गरिन। “सानालाई ऐन ठुलालाई चैन हुने यो व्यवस्था कुन कानुनमा छ ? प्रधानमन्त्रीलाई उनको प्रश्न थियो।

केहि दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुँलाई जनयुद्धमा १७ हजार मान्छे मारेको भन्ने गरिएकोमा १२ हजार मान्छे राज्यसत्ताले मारेको र मारिएका बाँकी ५ हजार मान्छेको जिम्मा लिन आफुँ तयार रहेको बताएका थिए।

हेर्नुहोस आजको संसद बैठकमा उठेका महत्वपूर्ण सवालहरु

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend