आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

दरबारमार्गबाट चोरिएको स्कुटर कलंकीमा फेला, चोर्ने व्यक्ति पनि प्रहरी नियन्त्रणमा

दरबारमार्गबाट चोरिएको स्कुटर कलंकीमा फेला, चोर्ने व्यक्ति पनि प्रहरी नियन्त्रणमा

माघ २९ काठमाडौं सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलंकीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन्।

महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिए। ‘हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गयौँ, कलंकीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए’, श्रेष्ठले भने।

उनले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend