
फागुन १ काठमाडौं- मेलम्ची खानेपानी आयोजनाबारे श्वेतपत्र जारी भएको छ । बिहीबार खानेपानी मन्त्रालयले एक कार्यक्रम आयोजना गरेर श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्रमा आयोजना सम्पन्न गर्न आवश्यक कार्यहरु कार्यतालिका बमोजिम नै भैरहेको उल्लेख गरिएको छ। सुरुङ सम्पन्न गर्न तथा अस्थायी रुपमा पानी डाइभर्सन गर्नका लागि नवनियुक्त सिनो हाइड्रो बाट भएको कार्य सन्तोषजनक रहेको बताइएको छ। त्यस्तै आयोजनाका तर्फबाट आवश्यक परामर्शदाता तथा कर्मचारीहरु साइटमा परिचालन गरिएको जनाइएको छ।
३१३६ करोड कुल बजेट रहेको आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको र २८१३ करोडको वित्तिय प्रगति भएको जनाइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend