
सुनौलो नेपाल – नेकपाका युवा नेता तथा प्रदेश सांसद राजीव पहारीले सरकारले भष्टचारीलाई कारबाही गर्दा प्रशंसा गर्नुपर्नेमा नेपाली काङ्ग्रेस भ्रष्टाचारीको सती जान खोजेको आरोप लगाएका छन्।
गण्डकी प्रदेशको प्रदेश समयमा बिशेष समयमा पहारीले नेपाली कांग्रेस प्रति लक्षित गर्दै भने धेरै बर्ष पहिले नेपालबाट चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरेका थिए तर अहिले कांग्रेस भ्रष्टाचारीको सति जान खोजेको छ। सरकारले भष्टचारीलाई कारबाही गर्दा किन कारबाही गरेको भनेर कांग्रेस सडकमा उत्रिनु र सदन सम्म अवरुद्ध गर्नु हास्यापद भएको बताए ।
अहिलेका सरकारले सानो माछा मात्रै हैन ठुला माछा पनि समातेको छ भ्रष्टाचारी भए आफ्नै नेतालाई पनि नछाड्ने नीति अहिलेको सरकारले लिएको भन्दै सबैले यो अभियानमा साथ दिनुपर्नेमा कांग्रेस भ्रष्टको पक्षमा उभिनु नाजायज भएको तर्क गरे।
भ्रष्टाचारीलाई कारबाही गर्दा किन गरेको भन्ने ढंगले जुन रुपमा आवाज आएको छ त्यो निकै हास्यास्पद छ। अहिलेको सरकारले सुन तस्करलाई कारबाही गर्यो, बालुवाटार काण्डका नाइकेहरुलाई अहिलेको सरकारले कारबाही थालेको छ अहिलेको सरकार भ्रष्टाचारको बिरुद्ध अभियान थालेको मात्रै छैन रिपोर्टहरुले पनि त्यो सुचाङ्क देखाउन थालेको बताए।
हिजो भ्रष्टाचार हुँदा हासेर बस्नेहरु अहिले केपी ओली सरकारले भ्रष्टाचारलाई कारबाही गर्दा, नियन्त्रण गर्दा किन सहयोग गर्न खोज्दैनन् अन्तराष्ट्रीय रिपोर्टहरुले पनि भ्रष्टाचारको सूचांक घटेको देखाउन थालेका छन् भ्रष्टाचारी जो भए नि कारबाही गर्नुपर्छ कसैले भ्रष्टाचारीको सति जान नहुने तर्क उनले गरे।
हेर्नुहोस भिडियो सहित
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend