
२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दुई वर्षे कार्यकाल पुरा गरेको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्नुहुने भएको छ ।
आज दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनुहुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ । सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नुहुने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend