
फागुन २ काठमाडौं धनुषा जिल्लाको मिथिला नगरपालिकाको श्रीपुरटोलसँगै रहेको औरही खोलामा बालुवा र गिटीको अवैध उत्खनन रोक्न गएका युवकको हत्यामा आरोपित तिन जनालाई जिल्ला आदलत धनुषाले कारागार चलान गर्न आदेश दिएको छ।
हत्या आरोपित ६ जना मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र ३ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई थुनामा राख्न र रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
२६ वर्षीय महतो र उत्खनन गर्ने व्यक्तिहरूबीच विवाद हुँदा टिपरले किचेर उनको हत्या गरिएको थियो। दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोँखमा घोचेर गम्भीर घाइते बनाइएको प्रहरी अनुसन्धानमा देखिएको थियो। भारतमा इन्जिनियरिङ अध्ययन गरिरहेका महतो घरमा आएको बेला अवैध उत्खननको बिरोध गरेको भन्दै उनको हत्या भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend