
फागुन २ काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो।
आज हुन लागेको प्रधानमन्त्रीको सम्बोधन पनि स्थगित भएको छ। भोली ३ गते शनिवार ११ बजे अर्को बैठक बोलाइएको छ। सोहि बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहने छ।
पूर्व सांसदको निधनमा संसद बैठकको अन्तिममा शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने चलनअनुसार बैठक स्थगित भएको हो।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्ष पुगेको अवसरमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend