
फागुन २ काठमाडौं- सर्वोच्च अदालतले वालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग १५ दिनभित्र लिखित जवाफ मागेको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै बिहिवार सर्वोच्चमा मुद्दा दायर गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारण देखाऊ आदेश जारी गरेको हो।
माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै छुट गरेपछि न्यौपानले मुद्दा दायर गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend