बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

मात्रिका यादबले भने निकालिएको मन्त्रीलाई सरकारको प्रगति नसोध्नुस

मात्रिका यादबले भने निकालिएको मन्त्रीलाई सरकारको प्रगति नसोध्नुस

फागुन २ काठमाडौं- शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुईबर्षे कार्यकालको प्रगति बिबरण सहित संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर नेपाली काँग्रेसबाट निर्बाचित राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यको निधन भएका कारण प्रधानमन्त्रीको सम्बोधनलाई स्थगित गर्न नेपाली कांगेसले माग गर्यो सोहि बमोजिम संसद सचिबालयले प्रधानमन्त्रीको सम्बोधन शनिबार ११ बजेलाई तय गर्दै राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यप्रति शोक प्रस्ताब पारित गर्दै शुक्रबारको बैठक सकियो।

संसद भवन बाहिर सरकारको २ बर्षे कार्यकालबारे प्रतिक्रिया लिन पत्रकारहरुको ठुलै पंति लामबद्द थियो । संसद बैठकबाट  शोक प्रस्ताब पारित भएसंगै सांसदहरु बाहिर निस्किएपछि पत्रकारहरु आफ्नो लागि प्रतिक्रिया लिन क्यामेरा सांसदतर्फ तेर्स्याए । यसैक्रममा पत्रकारको नजरमा  परे पुर्बमन्त्री तथा नेकपा नेता मात्रिका यादब । पत्रकारको सरकारको २ बर्षे कार्यकालबारे तपाईको धारणा भन्ने शब्द भुईमा खस्न नपाउदै यादबको नजरमा मन्त्रीपद खुस्किएको आबेग अझै मरेको रहनेछ,उनले रिसको शैलीमा भने ”म निकालिएको मन्त्रीलाई सरकारको प्रश्न गर्ने ?” यसबाट पुर्बमन्त्री यादबको मन्त्रीपद खुस्केको तुष अझै मरेको रहेनछ भन्ने मनसाय बुझेपछि पत्रकारले उनिबाट अन्य प्रतिक्रिया लिन चाहना गरेनन,उनि आफ्नो बाटो लागे ।

भिडियो

ओली क्याबिनेटमा झन्डै १८ महिना उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालेका उनी ३ महिना अघि उद्योग वाणिज्य तथा अपूर्तिमन्त्रीबाट हटाईएका थिए । उनको ठाउँमा ओलीले अहिले नेकपा नेता लेखराज भट्टलाई जिम्मेबारी दिएका छन् ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend