logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ढाकाकुमारले तीन करोड पैसा मागेको आरोप लगाएका थापामाथि छानबिन सुरु

    ढाकाकुमारले तीन करोड पैसा मागेको आरोप लगाएका थापामाथि छानबिन सुरु

    2.9K
    Shares
    ढाकाकुमारले तीन करोड पैसा मागेको आरोप लगाएका थापामाथि छानबिन सुरु

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मोहनजंग थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपाबाट निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएपछि उनीमाथी पार्टीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए । पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चारमाध्यममार्फत खुलासा गरेका थिए । सोही विषयलाई लिएर रास्वपाले आज विज्ञप्ति जारी गर्दै थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    ‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । तर श्रेष्ठले लगाएको अरोपको खण्डन गर्दै थापले पैसा मागेको विषय झुठो र कपोल्कल्पित भएको बताएका थिए ।

    आरोप प्रमाणित गर्न थापाले श्रेष्ठलाई चुनौती दिएका थिए । पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारबाही भोग्न आफू तयार भएको सामाजिक सञ्चालमार्फत उनले जानकारी दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend