
फागुन २ काठमाडौं- फागुन १५ देखि २३, २०७६ (फेब्रुअरी २७ देखि मार्च ६, २०२०) मा थाइल्याण्डमा हुने एसीसी मेन्स टि-२० इस्टर्न क्वालिफायर किर्केट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो।
टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ सेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, शुशन भारी, पवन सराफ, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की रहेका छन्। नेपाली टोलीको प्रशिक्षकमा जगत टमटा रहेका छन्।
सोमपाल कामी, शरद भेसवाकार, बसन्त रेग्मी लगायतका अनुभवी खेलाडीहरु भने टिममा परेनन।
इस्टर्न रिजनमा नेपालसहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यस्तै वेस्टर्न रिजन फागुन ९ देखि १६ सम्म ओमनमा हुनेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन्।
दुवै रिजनबाट शीर्ष दुई टोली एसिया कप क्वालिफायरमा छनोट हुनेछ । क्वालिफायरमा चारटीमबीच प्रतिस्पर्धा हुनेछ र विजेता टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा टेष्ट खेल्ने पाँच टिम भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित छनोटको विजेता गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend