logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • लिबियामा बाढीका कारण २० हजार मानिसको मृत्यु भएको आकलन

    लिबियामा बाढीका कारण २० हजार मानिसको मृत्यु भएको आकलन

    1.4K
    SHARES
    लिबियामा बाढीका कारण २० हजार मानिसको मृत्यु भएको आकलन

    काठमाडौँ । लिबियाको उत्तरपूर्वी तटीय शहर डेर्नामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार २ सय पुगेको छ।



    बुधबारसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको र मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    ग्रीस, टर्की र बुल्गेरिया हुँदै लिबिया पुगेको डेनियल नामको सामुद्रिक आँधीका कारण लगातार वर्षा भएपछि डेर्नाका दुई वटा बाँध फुटेका थिए। बाँध फुटेपछि आएको बाढीले तटीय शहर डेर्ना तहसनहस पारेको हो।

    सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बाढीले तहसनहस भएको डेर्ना शहरका दृश्यहरू सार्वजनिक गरेका छन्। बाढीका कारण शहर खण्डहरमा परिणत भएको छ ।

    भग्नावशेषभित्र अझै पनि हजारौंको संख्यामा मानिसहरूका शव हुनसक्ने अनुमान गरिएको छ। डेर्नाका मेयर अब्दुलमेनम अथ धैथीले मृतकको संख्या २० हजार पुग्नसक्ने बताएको अल अरबिया टेलिभिजनलाई उदृध गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    बाढीमा अझै १० हजार मानिसहरू बेपत्ता छन्। अस्पतालहरू घाइतेले भरिएका छन्। बाढीले कारण ३० हजार नागरिक विस्थापित भएका छन्।

    करिब १ लाख मानिसहरूको बसोबास भएको डेर्नामा बाँध फुटेपछि भएको मानवीय क्षतिको यकिन विवरण आउन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ।

    बाढीका कारण सडक सम्पर्क टुटेपछि उद्दारमा पनि कठिनाइ भएको बताइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend