logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

    पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

    6.6K
    SHARES
    पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

    काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुने भएको छ ।



    ‘सुपर फोर’ चरणको खेलमा श्रीलङ्काले बिहीबार राति पाकिस्तानलाई दुई विकेटले पराजित गरेसँगै फाइनल खेलमा भारत र श्रीलङ्काबीच भिडन्त हुन लागेकाे हाे ।

    निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकाे हाे । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

    वर्षाका कारण पाकिस्तान र श्रीलङ्काकाकाे खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend