
फागुन ३ काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर आफ्नै जिल्ला भएको र चीनबाट ल्याइने नेपालीलाई त्यहिँ राख्ने बताएका छन्।
शनिवार प्रतिनिधिसभामा भक्तपुरका सांसद प्रेम सुवालले उनीहरुलाई भक्तपुरमा राखिने सरकारको निर्णयमा भक्तपुरबासीले बिरोध गरेकोले त्यहाँ नराख्न भनि गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफुँ पनि भक्तपुरमै बस्ने भन्दै उनीहरुलाई त्यहिँ राखिने बताएका हुन्।
कोरोनाभाइरसका बिरामी नेपालले ल्याउन नलागेको भन्दै प्रधानमन्त्ती ओलीले भने, “हामीले कोरोनाभाइरसले नछोएका विद्यार्थीहरुलाई जाँच गरेर ल्याएका हौं, उनीहरुमा बिमार छैन। ” नेपालमा ७७ वटा जिल्ला छन् कहिँ न कहिँ त राख्नुपर्ला, डाक्टर पनि नभएको, हस्पिटल पनि नभएको अनि कुन कुनामा लगेर राख्ने ? अनुकुलता र सुबिधा भएको ठाउँ भक्तपुरमा राख्न लागिएको हो” उनले भने।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend