
फागुन ३ काठमाडौँ
एजेन्सी -हाइटीमा एक बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्स नजिकै रहेको बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको र केहि घाइते भएको जनाइएको छ।
घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालगृहमा जम्मा ६६ जना बालबालिका रहेका थिए।
आगलागी बिहिबार बेलुका ९ बजेको समयमा सुरु भएको स्थानिय समाचारमा जनाइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend