सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

चीनमा रहेका नेपालीलाई लिन उड्यो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज

चीनमा रहेका नेपालीलाई लिन उड्यो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज

फागुन ३ काठमाडौं- चीनको हुवेइमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज वुहानका लागि उडेको छ। शनिवार दिउँसो पौने ३ बजे उड्ने भनिए पनि विमान ४ बजे मात्र उडेको हो।

सरकारले उद्धार गर्ने निर्णय गरेको दुई सातापछि शनिवार नेपालले उनीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज वुहानतर्फ पठाएको हो। बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कुनै असामान्य अवस्था नआएमा भोलि बिहान २ बजे उनीहरू नेपाल आइपुग्नेछन्।

नेपाल एयरलाइन्सका १२ जना क्रु मेम्बर छन् भने ४ जना नेपाली सेनाबाट उद्धारका लागि चीन गएका छन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend